You are viewing the translated version of (नियम २४ को उपनियम (१) सँग सम्बन्धित).
लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दाको संख्या
१. लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा माग भएको रिक्त पद संख्यामा देहाय बमोजिम उत्तीर्ण उम्मेदवारहरू थप गर्नु पर्नेछः –
क्र.सं. माग भएको रिक्त पद संख्या उम्मेदवार संख्या थप हुने संख्या कायम हुने
(१) १ देखि ५ सम्म भएमा २ ३ देखि ७ सम्म
(२) ६ देखि १० सम्म भएमा ३ ९ देखि १३ सम्म
(३) ११ देखि १५ सम्म भएमा ४ १५ देखि १९ सम्म
(४) १६ देखि २० सम्म भएमा ५ २१ देखि २५ सम्म
(५) २१ देखि २५ सम्म भएमा ६ २७ देखि ३१ सम्म
(६) २६ देखि ३० सम्म भएमा ७ ३३ देखि ३७ सम्म
(७) ३१ देखि ३५ सम्म भएमा ८ ३९ देखि ४३ सम्म
(८) ३६ देखि ४० सम्म भएमा ९ ४५ देखि ४९ सम्म
(९) ४१ र सो माथि जतिसुकै भएमा २० प्रतिशत
२. एकीकृत परीक्षा प्रणाली अन्तर्गतको विज्ञापनमध्ये समान शैक्षिक योग्यता भएको परीक्षाको हकमा खण्ड (१) बमोजिम कायम हुने उम्मेदवारको संख्यामा दश प्रतिशत थप गरी उम्मेदवार संख्या कायम गरिनेछ भने न्यूनतम शैक्षिक योग्यता छुट्टाछुट्टै तोकिएको परीक्षाको हकमा खण्ड
(१) बमोजिम कायम हुने उम्मेदवार संख्या त्यसरी छुट्टाछुट्टै न्यूनतम शैक्षिक योग्यता भएका सेवा वा समूह वा उपसमूहका लागि समेत पुगे नपुगेको हिसाव गरी सो संख्या नपुगुञ्जेल सम्मको प्राप्ताङ्क ल्याउने सबै उम्मेदवारको नाम समेत समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस नियमावलीको अनुसूचीको लागि “एकीकृत परीक्षा प्रणाली” भन्नाले एउटै श्रेणी वा तहका विभिन्न सेवा वा समूह वा उप समूहमा रहेका विभिन्न पदहरुका लागि सञ्चालन हुने परीक्षा मध्ये सवै वा केही बिषयमा एउटै परीक्षाको माध्यमबाट सञ्चालन गर्ने परीक्षा प्रणाली सम्झनु पर्छ ।